शिव घिमिरेको संखुवा खोला जलविद्युतमा जुट्यो लगानी, सिटिजन्स बैंकको नेतृत्वमा ४ बैंककाे ६ अर्ब लगानी

Dec 27,2024

DSC01923

काठमाडौं । एसजी ग्रुपका अध्यक्ष शिव घिमिरेको कम्पनी गुराँस हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको संखुवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। ४१.०६ मेगावाट क्षमताको यो आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा चार वटा बैंकहरूले ६ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने सहमति भएको छ। सोमबार प्रवर्धक र लगानीकर्ताहरूबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

आयोजनामा गुराँस हाइड्रोपावर लिमिटेडले २ अर्ब ५ करोड रुपैयाँ लगानी गर्नेछ। आयोजनाको कुल लागत ८ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ। उक्त लगानीमा बैंकहरूले ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीको अनुपातमा योगदान गर्नेछन्। बैंकहरूको तर्फबाट सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड, र सानिमा बैंकले ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

आयोजनाको निर्माण चार वर्षभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ। निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभास्थित सित्तलपाटी सबस्टेशनमा जोडिनेछ। आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट घन्टा गरी वार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

Contact Us

Email: infogurans@sgorg.com.np

Address: SG House, Dhobighat-3, Lalitpur

Tel: +977-01-5435015,5435016

Follow Us

facebook
X
Linkedin
youtube

Copyright © 2024 Gurans Hydropower LTD rights reserved

Privacy PolicyTerms & Conditions
Developed bylogo